२१ मंसिर २०८२, आइतबार | December 7, 2025

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त



काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार खोप खरिदका लागि चीनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव गरेको छ ।

चिनबाट ४० लाख खोप खरिद गरिने

कोभिड-१९ अध्यादेशमा कोभिड-१९ रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि भएगरेका काम कारबाहीसम्बन्धी सूचना सम्बन्धित निकायले नियमित रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले खोपको विषयमा अलिक संवेदनशील हुनुपर्छ । अन्य देशमा पनि खरिद प्रक्रियालगायतमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त लागू हुने गर्छ ।’

के हो ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त ?

जनस्वास्वास्थ्य विज्ञहरूका अनुसार यो नन डिस्क्लोजर एग्रिमेन्ट एउटा कानुनसम्मत सम्झौता हो । जसले सम्झौताको गोपनीयता सम्बन्ध स्थापित गर्छ । सम्झौतामा हस्ताक्षर गरेका व्यक्ति वा समूहले सहमति जनाउँछन् । एनडीए सर्त लागू भएमा सम्झौताको संवेदनशील सूचना अन्य कसैलाई उपलब्ध गराइने छैन ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार एनडिए भनेको खरिद प्रक्रियामा सर्त राख्नु हो । उनले भने, ‘कति मूल्यमा खरिद भयो भनेर गोप्य राखिन्छ रु खोपको मूल्य या त बढाएको छ या त घटाएको छ ?कि खोपको मूल्य घटेको हुन सक्छ कि त बढेको हुन सक्छ, खुलाइएको हुँदैन ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार खोपको मात्रा, मूल्य, प्रक्रियाबारे सञ्चारमाध्यममा आएका कुरा सत्य होइनन् । उनले भने, ‘चीनलगायतका देशबाट खोप ल्याउने विषयमा कुराकानी भइरहेको छ । पछिल्लो केही दिनयता खोपको मात्रा, मूल्य, प्रक्रियाबारे सञ्चार माध्यममा आएका कुरा सत्य होइनन् ।’

बुधबार बसेको कोभिड-१९ निर्देशक समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका थिए । हालसम्म ४२ लाख ४८ हजार कोरोनाविरुद्ध खोप नेपाल भित्रिएको थियो । जसमध्ये २४ लाख ४८ हजार कोभिसिल्ड र १८ लाख खोप नेपालले प्राप्त गरेको छ ।

यस्तै, देशभर बिहीबार २ हजार ६ सय ७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ७ सय ७१ जनाको पीसीआर र ४ हजार ७ सय ७३ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५ सय ९७ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर २ हजार १ सय ४१ जना संक्रमित निको भएका छन् । नेपालमा संक्रमित निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६ सय ६२ जना संक्रमित निको भइसकेका छन् ।

देशभर ९ सय १६ जना आईसीयू र २ सय ४९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश १ मा १ सय ६९ आईसीयू र ३५ भेन्टिलेटरमा, प्रदेश २ मा ३६ आईसीयू र ४ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ५ सय २० आईसीयू र १ सय ६४ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ७४ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २६ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ४५ बजे

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक