१८ चैत्र २०८२, बुधबार | April 2, 2026

पार्टी छाडेका स्थानिय तहका पदाधिकारीको दल त्यागको सुचना निकाल्न माग गर्दै माओवादी नेताहरु निर्वाचन आयोग पुगे



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेताहरु स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, दिनानाथ शर्मा लगायतको टोली निर्वाचन आयोग पुगेर पार्टी परित्याग गरेका र पार्टीले कारवाही गरेकाहरुको पद खारेजीको सुचना प्रकाशित गर्न आयोग पदाधिकारीसँग माग गरेका छन् ।

स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेको र कारवाही गरेको पत्र पार्टीले आयोगमा बुझाए पनि आयोगले दल त्याग गरेको सुचना प्रकाशित नगरेपछि नेताहरु आयोग पुगेका हुन् ।

आयोगले सुचना जारी नगरेसम्म पद खाली प्रावधान रहेकाले माओवादीका निस्काशित भएका स्थााियतहका पदाधिकारीहरु पदमै बसेर काम गरिरहेका छन् । माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्ष गरी १७,१८ जना रहेको माओवादी नेता लिलामाणी पोखरेलले बताए ।

माओवादी केन्द्रका नेताहरूसँगको कुराकानीमा आयोगका पदाधिकारीहरुले आयोगको निर्वाचन नियमावलीमा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भनिएको बताएको आयोग पुगेका पोखरेलले बताए । नेताहरुले माओवादीको कन्द्रीय समितिले अध्यक्ष प्रचण्डलाई कारवाहीको अधिकार प्रत्यायोजन गरेकाले अध्यक्षबाट भएको कारवाही आधिकारीक हुने आयोगबा पदाधिकारीहरुलाई बताएका थिए । उनीहरुले कन्द्रले अधिकार दिए बमोजिम अध्यक्ष प्रचण्डबाट भएकाले सोही कारवाहीलाई आधिकारीकता मान्न् आयोगलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : ५५ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”