१२ असार २०८३, शुक्रबार | June 26, 2026

युरोकप फुटबल : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चेक रिपब्लिक



काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् ।

ग्लास्गोस्थित हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको चौथो मिनेटमा टोमस सुचेकको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो]। १८ औं मिनेटमा भ्लादिमिर सौफालको लो क्रसमा प्याट्रिक सिकले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सहजै बचाए ।

२३ औं मिनेटमा छोटो कर्नरपछि कप्तान लुका मोड्रीचले दिएको पासमा इभान पेरिसिचको प्रहार सिधै गोलरक्षक टोमस भाच्लिकको हातमा पुगेको थियो । ३७ औं मिनेटमा चेकले अग्रता बनायो। पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । प्याट्रिकले गरेको प्रहार लिभाकोभिचले ठम्याउन सकेनन् ।

दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो । पेरिसिचले गरेको प्रहारगोलमा परिणत भएको थियो । क्रोएसियाका लागि क्रामारीचको पासमा पेरिसिचले गोल गरेका थिए ।

७२ औं मिनेटमा वैकल्पिक खलाडी निकोला भ्लासिचले भार्दिओलको क्रसलाई ऊस्त्कोले पोस्टको दिशा दिन सकेनन् । ८८ औं मिनेटमा ब्रुनो पेत्कोभिचले पेरिसिचको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार चेकका डिफेन्डर टोमस कालासलाई लाग्दै बाहिर गएको थियो ।

बराबरीसँगै चेक समूह डीको शीर्षस्थानमा उक्लिएको छ । चेकले २ खेल खेल्दै ४ अंक जोडेको छ। ३ अंक जोडेको इंग्ल्याण्ड दोस्रो स्थानमा छन् ।

क्रोएसिया १ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्याण्ड अंकविहिन छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको थियो । चेकले पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले हराएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ३१ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३