२९ चैत्र २०८२, आइतबार | April 12, 2026

भारतबाट खोप नआएपछि अब चीनबाट खरिद गर्ने तयारी



काठमाडौं । सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ ।

सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको हो । चीन सरकारले यसअघि १८ लाख डोज खोप भने अनुदानमार्फत नेपाललाई उपलब्ध गराइसकेको छ ।

खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले खोप खरिद गर्न सो सर्त पालना गर्न तयारसमेत भएको छ । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने सर्त अघि सारेको थियो ।

प्रधानमन्त्री निवास बालुटावरमा हालै बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप खरिद गर्न लागिएको जानकारी गराएका थिए । कोरोना नियन्त्रणका खोप अपरिहार्य रहेको बताउँदै खोप खरिदको गृहकार्य भइरहेको उनले स्पष्ट पारेका थिए ।

सरकारका एक मन्त्रीका अनुसार भारतले नदिएपछि आवश्यक खोप चीनबाट खरिद गर्न लागिएको हो । यसअघि, कोभिसिल्ड खोपको पहिलो डोज लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन खोप अभाव देखिएको जनाइएको छ ।

नेपालले भारतको सेरम इन्स्टिच्युटबाट खोप खरिदका लागि सम्झौता गर्दै ९३ लाखसमेत उपलब्ध गराएको थियो । सेरमले तत्काल खोप उपलब्ध गराउन असमर्थ रहेको जनाउँदै आएको छ । भारतले दोस्रो लहरका कारण खोप निर्यात गर्न रोकेपछि कोभिसिल्ड खोप उत्पादकबाट बाँकी खोप हालसम्म आउन नसकेको हो । नेपाली अधिकारीहरूले खोप माग गर्दा भारतको सो इन्स्टिच्युटले ब्याजसहित पैसा लैजानु भनेकाले अब भारतबाट खोप आउन कठिन भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताए ।

नेपालले प्रारम्भिक चरणमा भारतबाट २० लाख मात्रा कोभिसिल्ड खोप खरिद सम्झौता गरेकोमा त्यसमध्ये १० लाख मात्रा नेपालमा आउन बाँकी छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा २३ लाख ८२ हजार बढीले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेको र करिब ७ लाखभन्दा बढीले दोस्रो मात्रा लगाएको जनाएको छ । नेपालमा हालसम्म खरिद र अनुदानमार्फत ४२ लाख ४८ हजार डोज खोप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालका लागि भारतले हालसम्म अनुदानमा १० लाख मात्रा कोभिसिल्ड खोप दिएको छ । कोभ्याक्स योजनाअन्तर्गत नेपालले ३ लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको बताइएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ५८ बजे

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी