२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : समूह चरणमा इटालीको शतप्रतिशत जित



काठमाडौं । उपाधि दाबेदार इटालीले १६ औं संस्करणको युरोकप फुटबलको समूह चरण अन्तर्गतको खेलमा शतप्रतिशत जित हासिल गरेको छ । रोममा आइतबार भएको खेलमा घरेलु टिम इटालीले वेल्सलाई १-० ले पराजित गर्दै ग्रुप चरणमा शतप्रतिशत जित निकालेको हो ।

खेलको ३९ औं मिनेटमा माटियो पेसीनाले गरेको गोल नै इटालीका लागि प्रयाप्त बन्यो । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् । ५३ औं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक पोस्टमा लाग्दै बाहिरिएको थियो ।

त्यसको २ मिनेटपछि वेल्सका इथान अम्पादुले बर्नार्डेस्कीलाई मिडफिल्डमा गरेको ट्याकलमा रेफ्रीले सिधै रातो कार्ड दिएका थिए । अम्पादुले सिधै उनको बुटमा कुल्चिन पुग्दा रेफ्रीले रातो कार्ड दिएका हुन् ।

७५ औं मिनेटमा किएफ मुरले हेडरमार्फत निकालेको सहज पासमा अनमार्क रहेका कप्तान ग्यारेथ बेलको प्रहार बाहिरिएको थियो । इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

समूह ’ए’को अन्तिम खेल समाप्त भएसँगै इटाली ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले नै हराएको थियो ।

वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरे ।

वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो । पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । यसअघि वेल्स र स्विट्जरल्याण्डले खेल १-१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो ।

४ अंक जोडेको स्विट्जरल्याण्ड भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ । टर्की भने अंकविहिन रहँदै युरोबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ३५ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु