१८ माघ २०८२, आइतबार | February 1, 2026

बाढीबाट मेलम्चीको मुख्य सुरुङ कसरी जोगियो ?



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु¥याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको छ ।

“आयोजनाको संरचनामा क्षति पुगे पनि मुख्य सुरुङ मार्गमा भने क्षति पुगेको छैन”, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजना स्थलसम्मको सम्पर्क बनाउन तत्काल कम्तीमा १० किलोमिटर सडक निर्माण र चारवटा बेलिब्रिज जडान आवश्यक रहेकाले त्यसतर्फ अध्ययन थालिने जानकारी दिए । मेलम्चीमा असार १ गते आएको बाढीले त्यस क्षेत्रमा व्यापक क्षति पुर्याएको छ ।

मेलम्ची बजारदेखि मुहानसम्मको दूरी १८ किलोमिटर छ । आयोजनाको काम सुचारु गर्न १८ किलोमिटर सडक पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने छ । बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, पुल तथा मुहानको संरचनामा क्षति पु¥याएको छ । काठमाडौंमा पानी वितरण रोकेर असार १ गतेदेखि सुरुङको परीक्षण कार्य सुरु गरिएका कारण पनि सुरुङ सुरक्षित भएको हो ।

बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्गमध्ये खण्ड-खण्ड गरी करिब १० किलोमिटर सडक र छवटा पुल बगाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

बाढीले सडक र पुलमा पुर्याएको क्षतिका कारण अहिले मेलम्ची आयोजना स्थलसँग नै सम्पर्क विच्छेद भएको छ । अहिलेसम्म हेलिकप्टरबाट मात्र आयोजना स्थलको निरीक्षण गरिएको पन्तले जानकारी दिए । लामो समयको प्रतीक्षा र कैयौँ उतारचढावलाई पार गर्दै चैत १० गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी परीक्षणका रूपमा वितरण सुरु गरिएको थियो ।

हेलम्बु गाउँपालिकामा रहेको आयोजना स्थल पुग्ने सडक तथा पुलहरू बगाएका कारण अहिले आयोजनासँग सम्पर्क विच्छेद भएको छ । अहिले आयोजना स्थलसम्म पुग्ने सक्ने अवस्था नरहेकाले आयोजनामा के कति क्षति भएको भन्ने यकिन हुन नसकेको पन्तले स्पष्ट पार्नुभयो ।

उनले थपे, “बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग र पुल बगाएको छ । ती प्रवेश मार्ग र पुल जति छिटो निर्माण गर्न सकियो, त्यति छिटो नै आयोजना स्थल पुगी क्षतिको यकिन गरी आयोजनाको काम पुनः सञ्चालन गर्नका लागि तयारी गर्न सकिन्छ ।” निर्माणाधीन पक्की बाँधलाई बाढीले छोपेको बताउँदै उनले बाँध निर्माणका लागि बनाइएको मुहान क्षेत्रको सडक र अम्बाथानका दुईवटा बेलिब्रिज बगाएको जानकारी दिए ।

मुहानको माथिल्लो भाग भेमाथाङ चौरबाट आएको पहिरोले पानी ओभर फ्लो भएर बाँध ढुङ्गामाटोले भरिएको अनुमान प्रवक्ता पन्तको छ । पक्की बाँध निर्माणाधीन अवस्थामा रहेकाले मेलम्चीको पानी तत्काल अस्थायी सुरुङबाट मुख्य सुरुङमा पठाउने गरिएको थियो ।

संरचनामा क्षति

आयोजनाका प्रवक्ता पन्तका अनुसार बाढीले आयोजनाको दर्जनौँ संरचना बगाउनुका साथै क्षति पु¥याएको छ । बाढीले तिम्बु र हल्देको दुईवटा मोटरेबल पुल, बाँध स्थलको दुईवटा बेलिब्रिज, मुहान नजिकैको इन्जिनियरिङ क्याम्प, सुरक्षा पोस्ट, कामदार तथा ठेकेदार बस्ने क्याम्प, क्यान्टिन तथा मेसिनहरू बगाएको छ ।

त्यसैगरी आयोजनाको क्षेत्रअन्तर्गतको तालामाराङ, चनौटे, हल्दे, चिप्लेढुङ्गालगायत स्थानमा छ वटा मोटरेबल पुल बनाएको उनले जानकारी दिए ।

आठ जना सम्पर्कविहीन

आयोजनासँग सम्बन्धित आठ जना जनशक्ति अहिलेसम्म सम्पर्कविहीन रहेकोमा चार जनाको शव भेटिएको उनले जानकारी दिए । आठ जनामा दुई जना नेपाली र तीन/तीन जना भारतीय र चिनियाँ नागरिक छन् । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ५४ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४