१८ माघ २०८२, आइतबार | February 1, 2026

विद्यालयकै अब्बल कहलिए फरक क्षमताका यी छात्र



दैलेख । कमजोर शारीरिक अवस्था । अस्पष्ट बोली । माथिल्लो ओठ जन्मजात फाटेको । दैलेख गुराँस गाउँपालिका-३ का वीरबहादुर बुढाको शारीरिक अवस्था हो यो ।

यही शारीरिक अवस्थाका कारण उनका बाबुआमा छोराको भविष्यप्रति चिन्तित थिए । छोराको कमजोर शारीरिक अवस्थाका कारण बाबुआमा वीरबहादुरलाई पढाउन राजी पनि थिएनन् । कमजोर अवस्थाको छोराले पढेर के नै गर्छ भन्ने सोच बाबुआमामा थियो ।

तर, फरक क्षमता भएका तीनै वीरबहादुर विद्यालयका अब्बल छात्र कहलिएका छन् । दुर्गादेवी माविमा कक्षा २ मा अध्ययनरत १५ वर्षीय उनी तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । उनी बहुअपांगता भई जन्मिएका थिए । हुन त उनको मानसिक विकास पनि राम्रोसँग हुन सकेको छैन ।

वीरबहादुरलाई ३० मिनेटको दूरीको दुर्गादेवी माविमा भर्ना गरिएको थियो । तर, उनलाई सबल छात्रझंै त्यही समयमा विद्यालय पुग्न समस्या पथ्र्यौ । विद्यालयमा पुगे पनि साथीहरूले हेला गर्थे, जिस्काउँथे । अन्य साथीसरह सिक्न नसक्ने भएकाले स्कुल जान छोडे ।

केही वर्षदेखि सोही गाउँपालिकामा सञ्चालन रहेको सहयात्रा परियोजनाले सहजकर्ताको परियोजनामा घरमै पढाउन थालियो । सन २०१९ देखि घरमै अध्ययन गर्दैै आएका वीरबहादुर भने दुर्गादेवी माविका अब्बल विद्यार्थी बनेका हन् । फरक क्षमताका छात्र घरमै बसेर कक्षा २ मा तृतीय श्रेणीमा उत्तीर्ण भएका हुन् । सो ठाउँमा विद्यालय पुग्न नसक्ने विद्यार्थीका लागि आधारभूत शिक्षाको अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो ।

सुरुमा उनी घरमै सञ्चालन गरिएको कक्षामा बस्न मान्दैनथे । सहजकर्तालाई चिथोर्ने, गाली गर्ने, रुने, कराउने गर्थे । उनकोे पढाइमा सहजीकरण गरेकी सहजकर्ता द्रुपता खत्री भन्छिन्, ‘सुरुमा मैले वीरबहादुरलाई सिकाउन सक्दिन कि भन्ने लाग्थ्यो, तर अहिले उनी रमाउँदै पढ्ने गर्छन् ।’

उनी बिहानको ८ देखि ११ बजेसम्म कक्षामा पढ्ने गर्छन् । कक्षाको समीक्षा मासिक रूपमा विद्यालय र वडामा हुने गर्छ । जनप्रतिनिधि, वडा बालअधिकार समितिका सदस्य तथा परियोजनाका कर्मचारीले कक्षालाई प्रभावकारी बनाउन निरन्तर लागि परेका छन् ।

वीरबहादुरको दुई वर्ष हुँदा लखनउस्थित एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । ‘मेरो छोराको मुटु सानो भएकाले डाक्टर साबले धेरै बाँच्दैनन् भनेका छन्,’ वीरबहादुरका बुबा धनसिंह बुढा भन्छन्, ‘छोराको अवस्था देखेर असाध्यै चिन्ता लाग्छ, कुनैबेला छोराको अवस्थालाई लिएर आफूले आशा मारिसकेको थिएँ ।’

अहिले छोराको अवस्थामा आएको परिवर्तनले धनसिंह खुसी छन् । वीरबहादुर जस्तै गुराँस गाउँपालिकाका अन्य चार जना बालबालिका घरमै विद्यालय कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् । आजको राजधानी दैनिकमा भक्तबहादुर शाहीले लेखेका छन ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ०१ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४