२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : समूह चरणको अन्तिम खेलमा स्विट्जरल्याण्डको जित



काठमाडौं । स्विट्जरल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलकाे समूह चरण अन्तर्गतकाे अन्तिम खेलमा जित हात पारेकाे छ ।

बाकुमा आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्याण्डले पहिलो जित निकालेको हो ।

स्विट्जरल्याण्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए । खेलको छैटौं मिनेटमा स्विट्जरल्याण्डले हरिस सेफेरोभिचको गोलमा अग्रता लिएको थियो। स्टिभन जुबरको पासमा उनले गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे ।

२६ औं मिनेटमा जुबरकै पासमा शाकिरीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । ६२ औं मिनेटमा टर्कीले खेलमा फर्कने संकेत देखाएकाे थियाे । पेनाल्टी क्षेत्र बाहिरबाट इरफान च्यान काभेचीले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

६८ औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्याण्डको २ गोलको अग्रता पुन: स्थापना गरे । जुबरले दिएको अन्तिम लो क्रसलाई शाकिरीले गोलमा परिणत गरेका थिए ।

समूह ’ए’को अन्तिम खेल समाप्त भएसँगै इटाली ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो। पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले नै हराएको थियो ।

वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरे । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियाे । पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

यसअघि वेल्स र स्विट्जरल्याण्डले खेल १-१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो । ४ अंक जोडेको स्विट्जरल्याण्ड भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ । टर्की भने अंकविहिन रहँदै युरोबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : १८ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा