२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित गर्छ : प्रचण्ड; भन्छन् – ओलीले अदालतलाई धम्की दिन छोडेनन्



काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन अझ मजबुद र सुदृढ बन्ने बताएका छन् ।

सोमबार बिहान आयोजित माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमन विरुद्ध पाँच पार्टीले बनाएको विपक्षी गठबन्धनलाई थप मजबुद बनाउने निर्णय भएको बताएका हुन् । प्रचण्डले गठबन्धनलाई सदृढ बनाएर निरन्तरता दिने विषयमा सहयात्री दलहरुसँग सहमति भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने काम जारी राखेको समेत बताए । प्रचण्डले ओली र उनका मान्छेले अदालतलाई सकेसम्म प्रभावित पार्न खोज्ने र त्यसका लागि धम्की दिने प्रयासलाई जारी राखेको आरोप लगाए । यस विरुद्ध तल्लो तहसम्म जनमत तयार पार्ने र प्रतिवाद गर्नुपर्ने उनले बताए ।

प्रचण्डले असंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि अदालतले न्याय दिने विश्वास गरे । ‘ओलीको निरंकुशतामाथि अदालतले अंकुश लगाउने छ भन्ने विश्वास छ’, उनले भने ।

प्रचण्डले ओलीले गरेको असंवैधानिक काम विरुद्ध गठबन्धनले केही दिनमै संयुक्त आन्दोलन घोषणा गर्ने बताए । कोरोना महामारी र प्राकृतिक प्रकोपलाई समेत ख्याल गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक हुने उनले बताए । यसबारे गठबन्धनमा थप छलफल हुने उनले जानकारी गरए । प्रचण्डले स्थानीय तहसम्म ओलीका मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, कालोझण्डा देखाउने जस्ता कार्यक्रमहरु हुनसक्ने पनि जानकारी गराए ।

प्रचण्डले सर्वोच्च अदालतले एमालेका प्रदेश सांसदहरुबारे गरेको अन्तरिम आदेशमा ओली भ्याकेटमा गएका कारण माधवकुमार नेपाल पक्षसँग एकता गर्न नचाहेको स्पष्ट भएको बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ०२ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ