२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाकिस्तानी दूतावासद्वारा विरेन्द्र सैनिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । मित्र राष्ट्र पाकिस्तानले नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाली सेनाको विरेन्द्र सैनिक अस्पताललाई पाकिस्तानी दूतावासका तर्फबाट डिफेन्स अट्याचीले स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेका छन् ।

छाउनीस्थित अस्पतालतका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले नेपालमा महामारी नियन्त्रणका लागि सहायता सामाग्री सहयोग गर्दै आएको छ । महामारीबाट प्रभावित भएका नागरिकलाई केही दिनअघि पाकिस्तानी दूतावासले राहत सामाग्री समेत उपलब्ध गराएको थियो ।

दूतावासले महामारी नियन्त्रणका लागि नेपालले चालेका हरेक कदमलाई साथ दिँदै हरसम्भव सहयाता गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ०१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति