११ श्रावण २०८३, सोमबार | July 27, 2026

मनाङमा हेलिकप्टरबाट कोरोना खोप लगियो



मनाङ । मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो । खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताए ।

बाढीपहिरोमा परेपछि नासोका नागरिक कोरोना भाइरस विरुद्धको खोप लगाउनबाट बञ्चित भएका छन् । खोप लगाउने भनिएको दिन नै अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोले नासो क्षेत्र डुवानमा परेको हो ।

मनाङमा ६ हजार नागरिकलाई पहिलो र दोस्रो चरणमा एक हजार नौ सयले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएका छ । अझै तीन हजार तीन सय जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य प्रमुख आचार्यले बताए । जिल्लाको चामे गाउँपालिकामा दोस्रो चरणको खोप पनि लगाइसकिएको छ ।

सोमबार नार र फू गाउँमा ७० डोज भेरोसिल र २५ डोज कोभिशिल्ड खोप हेलिकप्टर मार्फत लगिएको स्वास्थ्य प्रमुख आचार्यको भनाइ छ । नार्पाभूमिमा पहिलो चरणमा १ सय ५० डोज खोप लगाइएको थियो । दोस्रो चरणमा १ सय ९० जनालाई खोप लगाइने छ । यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले काम अगाडि बढाएको छ । बाढीपहिरो गएपछि जिल्लामा शुद्ध खानेपानीको अभाव देखिएको छ ।

बाढीपहिरोले ठाउँठाउँमा खानेपानीको पाइपहरु बगाएको छ । त्यस कारणले पनि अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य भएको स्वास्थ्य प्रमुख आचार्यले बताए । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ३० बजे

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार