२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : रुसलाई हराउँदै डेनमार्क अघिल्लो चरणमा



काठमाडौं । डेनमार्क जारी युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गरेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कका मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक गोल गरे । रुसका लागि आर्टम ज्यूबाले सान्त्वना गोल फर्काए ।

डेनमार्कले खेलको ३८ औं मिनेटमा डाम्सगार्डको गोलमा अग्रता बनाएको थियो । ५९औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए ।

खेलको ७० औं पाएको पेनाल्टी सदुपयोग गर्दै रुसले खेल २-१ को स्थितिमा ल्यायो । आर्टमले पेनाल्टीमा गोल गर्दै गरेका थिए । खेलको ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३-१ को स्थितिमा पुर्याए भने ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।

जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्दै समूहको उपविजेता बन्यो । पहिलो खेलमा फिनल्याण्डसँग १-० ले पराजित भएको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।

समान तीन अंक भए गोलअन्तरका आधारमा रुस भने समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ३५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन