२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु



बागलुङ । बागलुङमा कोरोना संक्रमणका कारया थप दुई जनाको मसत्यु भएको छ ।

बडिगाड गाउँपालिका-२ का ६८ वर्षीय र बागलुङ नगरपालिका-३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड-२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो ।

यस्तै उपचारकै क्रममा मृत्यु भएका बागलुङ-२ का पुरुषमा भने आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको लक्षण देखिएपछि उनको सोमबार साँझ मात्रै स्वाबको नमुना सङ्कलन गरिएको थियो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । जसमध्ये गत वैशाखयता शुरु भएको कोरोना महामारीको दोस्रो लहरमा मात्र ४१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : १७ बजे

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक