२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना संक्रमण



झापा । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत बद्री बरालले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको उनले जानकारी दिए ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म शिविरमा पाँच जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तर परीक्षण नगरिएका अन्य केही व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको शिविरका पूर्वसचिव युवराज साङ्पाङले बताए ।

शिविरमा बढ्दै गएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने भुटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ्गले बताइन् ।

यसैबीच शिविरका १० जना सङ्क्रमित परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (यूएनएसीआर) र विश्व लुथरन फेडरेशनको सहयोगमा चामल, तेललगायत खाद्यान्नसहित सरसफाइसम्बन्धी सामग्री प्रदान गरिएको बताइएको छ ।

पूर्वी मोरङको पथरी र दमकमा रहेको दुई शिविरमा करिब पाँच हजार भुटानी शरणार्थी बस्दै आएका छन ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : ०१ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच