१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

ललितपुर महानगरमा आज ७७ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना खोप लगाईदै



काठमाडौं । ललितपुर महानगरपालिका भित्र बसोबास गर्ने ७७ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाईंदैछ ।

ललितपुर महानगरपालिकाले महानगरभित्र बस्ने ७७ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई भारतीय कोभिसिल्ड खोपको दोस्रो डोल लगाउन लागेको हो ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दुई हजार २२० जनालाई खोप लगाउने कार्यक्रम रहेको छ ।

वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले महानगरपालिकाले तोकेको आठवटा खोप केन्द्रबाट खोप लगाउन पाउने छन्।

महानगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेलस्थित पशु सेवा केन्द्र, पशु अस्पतालमा गएर खोप लगाउन सक्नेछन् ।

त्यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल)मा गएर खोप लगाउनु पर्नेछ । यसैगरी वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्रांगणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्ने छ ।

यसैगरी वडा नम्बर २६ र २७ का नागरिकलाई सुनाकोठीस्थित बालकुमारी स्कुलमा, वडा नम्बर २१ र २२ का नागरिकलार्य कार्यविनायक स्कुलमा खोप लगाउने व्यवस्था मिलाइएको छ । यस्तै, वडा नम्बर २८ र २९ का नागरिकलाई हरिसिद्धि स्वास्थ्य चौकीमा र वडा नम्बर १८ र १५ का नागरिकलाई सैंबु स्वास्थ्य चौकीमा खोपको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : १५ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने