१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

प्रधानमन्त्री ओलीको दाबी : २०२१को अन्तसम्म सबै नागरिकलाई खोप लगाउँछौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइने दाबी गरेका छन् ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप अभावलाई क्रमशः सुल्झिँदै गएको बताए । उनले वर्षको अन्तसम्म सबै नागरिकलाई खोप लगाइने दाबी गरे ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताए ।

आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने उनले जिकिर गरे ।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए । यसका साथै त्यस्ता संस्थाहरुले कहिलेकाहीँ आफ्नो उचाई विपरित सङ्कीर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत उनको भनाइ थियो ।

उनले भने, ‘‘परिणामस्वरुप नेपाली बालबालिका अभिभावकबिहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए । यसका साथै विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । कहिँ रित पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पुर्वाधारमा पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ३८ बजे

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको