१८ माघ २०८२, आइतबार | February 1, 2026

१ महिना नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मुल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेलरमटितेल र हवाई ईन्धनको मुल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको छ । नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धनको आन्तरिक उडानमा पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ पुर्याईएको छ । अन्तर्राष्ट्रिय उडानमा अव ७३५ प्रति किलो लिटर अमेरिकी डलर तिर्नु पर्ने छ ।

खाना पकाउने ग्याँसको मुल्य भने निगमले यथावत कायम राखेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यसँग समायोजन गर्दा मुल्य बढाउनु परेको विज्ञप्ति मार्फत जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा मुल्य घट्दा भने निगमले घटाउँदै नघटाउने वा घटाएपनि अत्यन्त कम घटाउने गरेको छ भने बढाउनु पर्दा निगमको घाटा देखाउने गरेको छ । गत जेठ २२ गते मात्र निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ०७ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन