१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

‘यातायात मजदुरलाई तत्काल खोपको व्यवस्था गर’ : नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश



बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशले यातायात क्षेत्रका मजदुरहरुको लागि तत्कालको कोरोना खोपको व्यवस्था गर्न माग गरेको छ ।

संगठनले बुधबार लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुुझाउँदै सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने यातायात मजदुर उच्च जोखिममा रहेको भन्दै सहज रुपमा खोपको व्यवस्था गर्न माग गरेको हो ।

संगठनका अध्यक्ष कृष्ण कंडेलले स्वास्थ्यकर्मी, सुुरक्षाकर्मी जस्तै यातायात मजदुर पनि फ्रन्टलाइनर जस्तै भएकोले खोप आवश्यक भएको बताए । कंडेलले संक्रमितको निःशुुल्क उपचारको व्यवस्था गर्न पनि आग्रह गरे ।

संगठनका अहिलेसम्म ९ जना मजदुुरको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यातायात मजदुुरको कर्मथलो आम सर्वसाधारणसँगै प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकोले बढी जोखिममा छन् ।

मजदुरको स्वास्थ्य सुुरक्षाको प्रत्याभूति गर्नुुपर्ने, जोखिम समयमा सेवा गरेबापत प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने, संक्रमणबाट मृत्यु भएका मजदुरको परिवारलाई राहत तथा उनीहरुको छोराछोरीलाई शिक्षा र स्वास्थ्यको लागि कोषको व्यवस्था गर्नुपर्ने, सडक दुुघटना न्यूनीकरणमा दिगो संयन्त्रण निर्माण गर्न र दुर्घटनापछि उद्दार टोलीको पहल गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझदै मन्त्री श्रेष्ठले संघीय सरकारले सबै नागरिकलाई खोपको पहल गरेको बताए । खोप आएपछि प्राथामिकतामा यातायात मजदुुरलाई राख्नेमा आफू प्रतिबद्ध रहेको श्रेष्ठले बताए । ज्ञापनपत्र बुझाउन संगठनका केन्द्रीय सदस्य ठाकुर गैरे, जिफन्ट सहकारी विभाग सदस्य नारायण भट्टराई, आर्थिक सचिव हुमबहादुर क्षेत्री, प्रदेश सदस्य नेत्र आचार्य र रवीन्द्र शाही पनि सहभागी थिए ।

यसैबीच संगठनले बुधबार नै आफ्नो ४२ औं स्थापना दिवस पनि मनाएको छ । स्थापना दिवसमा दीप प्रज्जवलन गरिएको थियो । कोरोना संक्रमणबाट मृत्यु भएका चालक गणेश थारुको परिवार संगठनको तर्फबाट केन्द्रीय सदस्य ठाकुर गैरेले २५ हजार रुपैयाँ प्रदान गरे । त्यस्तै सन्तकुमार श्रेष्ठको छोरालाई पनि राहत स्वरुप १५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : १३ बजे

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने