२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : पोल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै स्वीडेन बन्यो समूह विजेता



काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह ई को अन्तिम खेलमा पोल्याण्डमाथि राेमाञ्चक जित निकाल्दै स्वीडेन नकआउट चरणमा प्रवेश गरेकाे छ ।

घरेलु मैदान सेन्ट पिटर्सवर्गमा बुधबार राति भएकाे खेलमा इन्ज्युरी समयमा ३-२ को जित निकल्दै स्वीडेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हाे ।

स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए पनि हार टार्न सकेनन् । खेलको दोस्रो मिनेटमा नै फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । एलेक्जेन्डर इसाकलाई पेनाल्टी क्षेत्रबाहिर रोक्ने प्रयासमा पोल्याण्डका डिफेन्डरले फुत्किएको बलमा फोर्सबर्गले गोल गरेका थिए ।

५९ औं मिनेटमा फोर्सबर्गले व्यक्तिगत दोस्रो गर्दै २-० को अग्रता दिलाए । डेजान कुलुसेभ्सकीले मैदानको बीच भागबाट अघि बढाएको बल पेनाल्टी क्षेत्रभित्रबाट दिएकाे पासमा फोर्सबर्गले गोलमा गरेका थिए । त्यसको २ मिनेटपछि लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई खेलमा फर्काए। पेनाल्टी क्षेत्रको बायाँ भागबाट उनले प्रहार गरेकाे गोलरक्षक रोबिन ओल्सनले ठम्याउन सकेनन् । ८४ औं मिनेटमा लेवान्डोस्कीले फ्रान्कोसकीको क्रसमा ६ यार्ड बक्स क्षेत्रभित्र गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे ।

तर, इन्ज्युरी समयको चौथो मिनेटमा क्लेसनले गोल गर्दै स्वीडेनको जित पक्का गरे । कुलुसेभ्सकीले दिएकाे पासमा क्लेसनले गोल गर्दै स्वीडेनलाई ३-२ काे जित दिलाए ।

जितसँगै स्वीडेन ३ खेलमा ७ अंकका साथ समूह विजेता बनेकाे छ । स्पेनले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ को यात्रा तय गरेको छ ।

यस समूहमा स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै चौथो स्थानमा छ । उसकाे अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । पोल्याण्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएकाे छ ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : २४ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन