३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सैनामैनामा १०० शैयाको अस्थायी आइसुलेसन अस्पताल संचालनमा



सैनामैना । सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ ।

सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । अस्पतालको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले भन्नुभयाे “सैनामैना कसैलाई कोरोनाको आशंका भएमा अस्पताल तयार रहेकोले बिपदको बेलामा नआतिकन आधिकारीक ब्यतिmलाई सम्पर्क गर्न अनुरोध गर्दै कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रिफर गरिने छ ” ।

विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै नगरप्रमुख कार्किले एक जना विरामीलाई अलग अलग राख्ने गरी अस्पतालमा १०० वेड रहको बताउदै आवश्यकता अनुसार बेड थप्ने ब्यवस्था पनि मिलाईएको जानकारी गराउनुभयो ।
नेपाली सेनाको सहयोगमा अस्पताललाई आवश्यक पिपिई उत्पादन र सैनामैनाको पशुपति मा.बि मा रहेको बिज्ञान प्रयोगशालामा ५०० लिटर सेनेटाइजर उत्पादनका गर्ने काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थि बताउनुभयो ।

अस्पतालमा सैनामैनाका चिकित्सक प्रकाश खरेल र नेपाली सेनाका चिकित्सक रक्षा गुरागाईको नेतृत्वमा, एक हेल्थ असिटेण्ट र दुई नर्स गरि ६ जनाको टोली खटिने सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थले जानकारी गराउनुभयो । नगरप्रमुख कार्किले सैनामैनामा रहेका नीजि मेडिकल तथा क्लिनिक बन्द गर्न नहुनेमा जोड दिदै अहिलेको संकटको घडीमा सबैको साथ र सर्मथन आवश्यक भएको बताउनुभयो ।


महामारीको बेलामा सबैलाई सहयोग गर्न अपिल गर्दैं सहयोग गर्न चाहनु हुने संघ सस्था वा ब्यतिmले कृषि बिकास बैङ पर्रोहा शाखा मा बिपद ब्यवस्थापन कोषको नाममा रहेको खाता नं ०४–१४२–०१२७–३६५५–०१–५ मा सहयोग रकम जम्मा गर्न सकिने सैनामैनाका बिपद ब्यवस्थापनका समितिका सदस्य सचिव सुरज न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : १२ बजे

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी