६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : रोनाल्डोको दुई गोलमा फ्रान्ससँग बराबरी खेलेको पोर्चुगल युरोकपको नकआउटमा



काठमाडाैं । १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा साविक विजेता पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोकेको छ ।

बुधबार राति बुडापेस्टमा भएकाे खेलमा घरेलु टाेलीविरुद्ध कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल पेनाल्टीमार्फत् गर्दै पोर्चुगललाई २-२ को बराबरीमा राेकेका हुन ।

यता, फ्रान्सका करिम बेन्जेमाले एक पेनाल्टीसहित दुई गाेल गरे । याेसँगै पोर्चुगल उत्कृष्ट ४ काे तेस्रो स्थानको टोली बन्दै अन्तिम १६ मा पुगेकाे छ । खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च गर्ने क्रममा ड्यानिलो परेराको टाउकोमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा रेफ्रीले फ्रान्सलाई पेनाल्टी प्रदान गरेका थिए ।

पोर्चुगलका डिफेन्डर नेल्सन समेडोले किलीयन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा बेन्जेमाले सहजै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवातमै बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे ।

पल पोग्बाको थ्रु पासमा बेन्जेमाले गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे । तर, असिस्टेन्ट रेफ्रीले सुरुमा अफसाइडको संकेत दिएपनि भीएआरले गोललाई मान्यता दिएको थियो ।

५८ औं मिनेटमा पोर्चुगलले खेल बराबरी ल्यायाे । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि राेनाल्डाेले पेनाल्टी हान्ने अवसर पाएका थिए । रोनाल्डोले गरेकाे प्रहार गोलरक्षक लोरिसले ठम्याउन नसक्दा खेल २-२ को बराबरीमा पुगेकाे थियाे ।

त्यसपछि दुवै टाेलिबाट थप गाेल हुन सकेन । यस बराबरीसँगै अपराजित फ्रान्स ३ खेलमा ५ अंक जाेड्दै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगल भने ३ खेलमा ४ अंकसाथ तेस्रो स्थानमा रहयो । जर्मनीले आफ्नो खेलमा हंगेरीसँग २-२ को बराबरी खेलेपछि ४ अंक जोड्दै दोस्रो भयो । समान अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो भएको हो । पोर्चुगल उत्कृष्ट ४ काे तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेकाे हाे ।

३ खेलमा २ अंक जोडेको हंगेरी भने समूह चरणबाट नै बाहिरिएकाे छ । अब फ्रान्सले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : ०२ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय