१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बजेटभन्दा अन्तर्राष्ट्रिय व्यापार ठूलो



काठमाडौं । आयात र निर्यात निरन्तर उकालो लाग्दा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघेको छ ।

यो चालू आर्थिक वर्ष २०७७/७८ को कुल बजेटको आकारभन्दा पनि ठूलो हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब चार अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो जेठको तुलनामा आयात करिब २६ प्रतिशत र निर्यात ३८ प्रतिशतले बढ्दा ११ महिनामै बजेटको आकारभन्दा कुल व्यापार बढी हुन पुगेको हो । सरकारले चालू आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कुल व्यापारमध्ये आयातको हिस्सा ९१.९४ प्रतिशत अर्थात् १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । त्यस्तै निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ । जुन एक खर्ब २१ अर्ब २५ करोड रुपियाँ हुन आउँछ । कोभिड-१९ सङ्क्रमणको झन् सङ्क्रामक दोस्रो लहरबीच पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारको लय उकालो नै लागिरहेको विभागको तथ्याङ्कले पुष्टि गर्छ । व्यापारसँग सम्बन्धित प्रायः सबै सूचक बढेको पनि विभागको तथ्याङ्कले देखाउँछ ।

कुल व्यापारमा निकै ठूलो हिस्सा रहेको आयातको वृद्धिदर कायम नै रहँदा व्यापार घाटा पनि फराकिलो हुँदै गएको छ । तथ्याङ्कअनुसार गत जेठको तुलनामा यस्तो घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो जेठमा व्यापार घाटा १० खर्ब १२ अर्ब रुपैयाँ थियो ।

वस्तुगत रूपमा कुल आयातमध्ये सबैभन्दा धेरै ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यसपछि ६५ अर्ब २३ करोड रुपैयाँको अर्धप्रशोधित फलाम तथा स्टिल, ४४ अर्ब ६२ करोड रुपैयाँको कच्चा भटमास तेल, ३४ अर्ब १४ करोड रुपैयाँको मोबाइल फोन र ३३ अर्ब १५ करोड रुपियाँको एलपी ग्याँस आयात भएको छ ।

निर्याततर्फ सबैभन्दा धेरै ४२ अर्ब ३४ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ । त्यसपछि छ अर्ब ६१ करोड रुपैयाँको अलैँची, तीन अर्ब ४८ करोड रुपैयाँको गलैँचा, तीन अर्ब २३ करोड रुपैयाँको ऊनी कपडा र तीन अर्ब १३ करोड रुपियाँको कालो चिया निर्यात भएको छ ।

चीनसँग उच्च व्यापार घाटा

त्यसो त नेपालको अन्तर्राष्ट्रिय व्यापार दशकौँदेखि घाटामै चलिरहेको छ । भूपरिवेष्ठित मुलुकका रूपमा सामुद्रिक बन्दरगाहसम्म पहुँच नहुँदा छिमेकी देशहरूसँगको निर्भरता पछिल्लो वर्ष झन्झन् बढ्न थालेको तथ्याङ्कले पनि पुष्टि गर्छ । कोभिड-१९ सङ्क्रमणकै अवस्थामा पनि व्यापार घाटा चुलिँदो छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ८० प्रतिशतभन्दा बढी हिस्सा राख्ने छिमेकी मुलुक भारत र चीनमै घाटाको खाडल झन् गहिरिँदो छ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आवको जेठसम्म भारत र चीनसँग नेपालको अन्तर्राष्ट्रिय व्यापारको आकार ११ खर्ब ८८ करोड रुपैयाँ नाघेको छ । जब कि सबै देशसँग गरेर कुल अन्तर्राष्ट्रिय व्यापारको आकार १५ खर्ब चार अर्ब रुपैयाँ रहेको छ अर्थात् भारत र चीनबाहेक बाँकी सबै देशसँगको कुल व्यापार केवल तीन खर्ब रुपियाँ मात्र देखिन्छ ।

दुई छिमेकी देशमध्ये पनि चीनसँगको व्यापार निकै असमान देखिन्छ । चीनबाट दुई खर्ब १० करोड रुपियाँको आयात हुँदा जम्मा ९४ करोड रुपैयाँको मात्र निर्यात भएको छ अर्थात् निर्यातको तुलनामा आयात २२४ गुणाले बढी छ । यसले चीनसँग नेपालको व्यापार घाटा उच्च देखाउँछ । तथ्याङ्कअनुसार चीनसँग दुई खर्ब नौ अर्ब रुपियाँको व्यापार घाटा भएको देखिन्छ ।

भारत भने आठ खर्ब ८६ करोड रुपैयाँको आयात हुँदा ९० अर्ब १९ करोड रुपियाँको निर्यात भएको छ । रकमको हिसाबले भारतसँग सबैभन्दा बढी व्यापार घाटा रहेको छ तर अनुपात भने चीनको तुलनामा कम छ अर्थात् निर्यातको तुलनामा आयात १० गुणाले बढी छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : ५३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क