२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

युरोकप फुटबल : आजदेखि नकआउट चरणका खेल सुरु, आज दुई खेल हुँदै



काठमाडौं । युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् । नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्क समूह चरणमा फिनल्याण्ड र बेल्जियमसँग पराजित भएको थियो भने अन्तिम खेलमा रुसलाई हराएको थियो ।

वेल्स भने समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएकोमा दोस्रो खेलमा टर्की र तेस्रो खेलमा इटालीलाई हराउदै अन्तिम १६ मा पुगेको हो ।

डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।

आजै राति इंग्ल्यान्डमा इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२:४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले टर्की, स्वीट्जरल्यान्ड र वेल्सलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्ससँग हारेको थियो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म भएका १३ खेलमा इटालीले एक खेल पनि हारेको छैन ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४४ बजे

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी