१६ बैशाख २०८१, आइतबार | April 28, 2024

एक्साभेटरको बकेटले हानेर सर्लाहीमा वडाध्यक्षको हत्या



सर्लाही । सर्लाहीको ईश्वरपुरमा एक्साभेटरको बकेटले हानेर एक जना वडाअध्यक्षको हत्या भएको छ ।

ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडाअध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या गरिएको हो ।

आफ्नै वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्न पुगेको बखत एक्साभेटरका चालकसँग विवाद भएपछि चालकले बकेटले श्रेष्ठलाई हानेका थिए ।

पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेका थिए । तर, त्यही एकआपसमा भनाभन र विवाद उत्पन्न भएपछि घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताएका छन् । खाजा खाँदाखाँदै विवाद बढ्दा वडाअध्यक्षले एक्साभेटर चालकलाई चप्पलले हानेपछि उनले जेसीको बकेटले टाउको र छातीमा प्रहार गरेको कुँवरले जनाए ।

हत्यापछि ठकेदार र चालक मिलेर राति नै शव गाडेका थिए । श्रेष्ठ वेपत्ता भएपछि राति नै खोजी गर्दा गाडेको अवस्थामा भेटिएको थियो । शव भेटिएपछि ठकेदार र चालकलाई शनिबार बिहान पक्राउ गरिएको छ ।

पोखरी सौन्दर्यीकरणको काम नगरपालिकाको खर्चबाट भैरहेको छ । यद्यपी पोखरीको विषयमा भने विवाद नभएको नगरपालिकाले जनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ११ : ३६ बजे

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०