३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी आज चीन जाँदै



काठमाडौ । नेपालमा पनि कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले मुलुकभर लकडाउन गरेको छ ।

साथै विभिन्न स्थानमा धमाधम क्वारेन्टाइन, आइसोलेसन निर्माण कार्यले पनि तीव्रता पाएका छन् ।

कोरोनाको जोखिम बढ्दैजाँदा त्यसका लागि आवश्यकीय मेडिकल सामग्रीको अभाव भएको भन्दै आलोचना भइरहँदा सरकारले चीनबाट त्यस्ता सामग्री ल्याउने तयारी गरेको छ ।

ती सामग्री लिनका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज चीनको ग्वाङ्झाओ जाने भएको छ । आज मध्याह्न साढे १२ बजे मेडिकल सामग्री लिनका ए ३३० जहाज चीन जाँदैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनबाट ती सामग्रीहरु आजै आइपुग्नेछन् । स्वास्थ्य मन्त्रालयले आवशयक सामग्रीको सूची परराष्ट्र मन्त्रालयमार्फत् चीनलाई पठाएको थियो । तीनै सामग्री लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जान लागेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ३५ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क