२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

युरोकप फुटबलमा आज यी दुई खेल हुँदै



काठमाडौं । जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज दुई खेल हुँदैछ । नकआउट चरण अन्तर्गत आइतबार हुने पहिलो खेलमा नेदरल्याण्ड र चेक रिपब्लिक भिड्दै छन् ।

हंगेरीको पुस्कास एरेनामा हुने नेदरल्याण्ड र चेक रिपब्लिकबीच खेल नेपाली समयानुसार राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

नेदरल्याण्डले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । युवा खेलाडी रहेको नेदरल्याण्ड समूह ‘सी’को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । ३ खेलमा ९ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा नेदरल्याण्डले युक्रेनलाई ३-२ले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेदरल्याण्डले अस्ट्रियासँग २-० ले पराजित गरेको थियो । अन्तिम खेलमा नर्थ मेसोडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड समूह विजेता बनेको हो ।

यता, चेक रिपब्लिक पनि बलियो मानिन्छ । समूह चरणमा चेक रिपब्लिकले ठुला देशसँग राम्रो प्रर्दशन गरेको थियो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले पराजित गरेको थियो । चेक रिपब्लिकले दोस्रो खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा चेक रिपब्लिक इंल्याण्डसँग १-० ले पराजित भएको थियो ।

युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म ११ पटक आमुनेसामुने भएका छन् । जसमा नेदरल्याण्ड ३ पटक विजयी भएको थियो भने चेक रिपब्लिक ५ पटक विजयी भएको थियो । ३ खेल बराबरीमा रोकिएको थियो ।

आजै हुने दोस्रो खेलमा बेल्जियम र पोर्चुगल भिड्दैछन् । स्पेनमा हुने बेल्जियम र पोर्चुगलबीचको खेल नेपाली समयानुसार राती १२:४५ बजे सुरु हुनेछ ।

बेल्जियम समूह ‘बी’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो । बेल्जियम राम्रो लयमा रहेको छ ।

समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा बेल्जियमले पहिलो खेलमा रुसलाई ३-० ले हराएको थियो । यस्तै, दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ गोल अन्तरले नै हराएको थियो । अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले हराएको थियो ।

पोर्चुगल पनि उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको हो । साविक विजेता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३-० ले हराएको थियो । तर, दोस्रो खेलमा जर्मनीसँग ४-२ ले पराजित भएको थियो । अन्तिम खेलमा फ्रान्ससँग २-२ को बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

बेल्जियम र पोर्चुगलबीच अहिलेसम्म १८ पटक प्रतिस्पर्धा भएको छ । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने बेल्जियमले ५ खेल । ७ खेल बराबरीमा रोकिएको छ ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : १८ बजे

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ