४ पुस २०८२, शुक्रबार | December 20, 2025

सावधान कोरोना भाइरस सक्रमणको लागि १४ दिने क्वारेन्टाइन पनि पर्याप्त छैन



एजेन्सी । कोरोना संक्रमणको आशंकामा १४ दिन क्वारेन्टाईनमा बसेर मात्रै नपुग्ने भएको छ । भारतको चंडिगढमा यस्तै एउटा अचम्म लाग्दो उदाहरण देखिएको छ ।

त्यहाँका एक युवामा १४ दिने क्वारेन्टाईनको अवघि पुरा गरेपछि कोरोनाको लक्षण देखियो र परीक्षणपछि संक्रमण पनि पुष्टि भयो ।

दुबईबाट मार्च ११ मा चण्डिगढ फर्केका २२ बर्षीय युवा नियमानुसार १४ क्वारेन्टाइनमा बसे । तर १५औं दिनमा उनलाई उच्च ज्वरोले छोप्यो ।

परिक्षण गर्दा कोरोना पोजिटिभ देखियो । यो घटनाले उनका घरपरिवार मात्रै हैन, चिकित्सकहरुलाई पनि अचम्भित तुल्याइदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

यो घटनाले १४ दिने क्वारेन्टाईनको अवधिसम्म कोरोनाको कुनै लक्षण देखिएन भनेर ढुक्क हुने अवस्था छैन भन्ने प्रमाणित भएको छ ।

यो घटनापछि गभर्मेन्ट मेडिकल कलेज एण्ड हस्पिटलका डा. वि.एस. चौहानले क्वारेन्टाईनको अवधी बारे पुनर्विचार गर्नुपर्ने प्रतिकृया दिएका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको