१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने



टोकियो । टोकियोमा कोभिड-१९को महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल जारी रहने बताएका छन् ।

महामारी नियन्त्रणमा लिनका लागि राजधानी टोकियोसहित सङ्क्रमण बढी रहेका निश्चित क्षेत्रहरूमा कोभिड-१९ नियन्त्रणका उपायहरूलाई अवलम्बन गर्नुपर्ने देखिएंको उनले बताए ।

आइतबार एनएचकेको बहस कार्यक्रममा निशिमुराले अहिल्यै महामारी नियन्त्रण नभएको तर टोकियोमा भएको प्रकोपको अवस्थामा सुधार भएको संकेत गरे । उनले कोभिड सङ्क्रमण फैलिन नदिन अपनाइएका कडा नियमहरू बमोजिम मदिरा बेचबिखन गरिरहेका बार र रेष्टुरेन्टहरूमा कडा कदम चाल्नसक्ने विचार गर्न व्यक्त गरे ।

देशभरको अवस्थाबारे उनले भने, “हल्कादेखि मध्यम लक्षण भएका युवा बिरामीहरूको वृद्धिको कारण आगामी दिनमा सानोदेखि मध्यम आकारका अस्पतालहरूमा भार पर्नेछ । यसमा सबैको सहयोगका लागि सरकारले अपिल गर्दछ ।”

निशिमुराले भने, “सरकारका प्रतिनिधिले अस्पतालको शै्ययामा निगरानी राखिनेछ र स्वास्थ्य सेवाहरूलाई थप प्रभाबकारी बनाइनेछ ।” एनएचके वल्र्डले उनलाई उद्धृत गर्दै भनेको छ, “बन्द स्थान, भीडभाड भएका ठाउँलगायतका स्थानमा भाइरसको सङ्क्रमण फैलिनसक्ने विज्ञहरूको सुझाबपछि सङ्कटकाल हटाइहाल्ने अवस्था देखिएन ।” एएनआई

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : १८ बजे

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रोड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको