२३ बैशाख २०८१, आइतबार | May 5, 2024

असार १८ देखि सबैखाले सवारी संचालन गर्ने यातायात व्यवसायी र मजदुर संगठनको चेतावनी



काठमाडौं । यातायात व्यवसायी र मजदुरका संघ संगठनहरुले असार १८ गतेबाट सबै प्रकारका सवारी साधान संचालन गर्ने घोषणा गरका छन् ।

उनीहरुले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै असार १५ गतेबाट सार्वजनिक सवारी संचालन गर्न सरकारले गरेको निर्णय अमान्य भएको जिकिर गर्दै १८ गतेबाट सबै सवारी संचालन गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्ति निकाल्नेमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रहेका छन् ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिदेखि २५ सिट भन्दा बढी क्षमताका मात्र बस जोर विजोर प्रणालीअनुसार चलाउन दिने निर्णय गरेको थियो । तर, व्यवसायी र मजदुर संघसंगठनहरुले भने सबैप्रकारका सवारी साधान चलाउन पाउनपर्ने माग गरेका छन् ।

उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोना खोपको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ३७ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ