१९ असार २०८३, शुक्रबार | July 3, 2026

झन ठूलो चलखेलको गन्ध आएको त छ, तर प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतलाई दबाव र प्रभावमा पार्न सरकार पक्षले निकै प्रयत्न गरिरहेको बताएका छन् ।

सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अदालतलाई प्रभावित पार्न र धम्क्याउन सरकार पक्षबाट ठूलै चलखेलको गन्ध आएको बताएका हुन् । प्रचण्डले संसद् पुनर्स्थापना हुने निश्चित भएपनि ढुक्क हुनसक्ने अवस्था नरहेको बताए । ‘संसद पुनःस्थापना हुन्छ र शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्छ’, प्रचण्डले भने, ‘तर पुनर्स्थापना भैहालेमा पनि झन रद्दी अवस्थाको सिर्जना गर्न चलखेल भैरहेको छ ।’

प्रचण्डले अहिलेको सरकारले गरेका सबै असंवैधानिक निर्णयर र कामहरु खारेज गर्ने दाबी गरे । गठबन्धनको सरकार बन्ने बताउँदै उनले भने, ‘मैले न्याय क्षेत्रका साथीहरुसँग पनि लगातार छलफल गरेको छु, यस्ता नाटकीय र षडयन्त्रमूलक ढंगले गरिएका सबै नियुक्ति खारेज गरेर एउटा मान्यता स्थापित हुनेगरी पुनर्नियुक्ति गर्नुपर्छ ।’

प्रचण्डले प्रधानमन्त्री ओलीका गालीगलौज सुन्न समेत नसकिने स्तरका भएको टिप्पणी गरे । प्रचण्डले राष्ट्रपति यति छिटो बदनाम होला भन्ने कल्पना नगरेको भन्दै अहिले त्यस्तो भएको प्रचण्डले बताए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ३१ बजे

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको