४ पुस २०८२, शुक्रबार | December 19, 2025

२०० जना यात्रु बोकेका नौवटा ट्रक गजुरीमा नियन्त्रण



धादिङ । लकडाउनको उल्लंघन गर्दै मालबाहक ट्रकले मानिस ओसारपसार गरेको पाइएको छ । ट्रकभित्र त्रिपालले छोपिएर काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेका २०० जनालाई गजुरीमा शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएपछि उक्त खुलासा भएको हो ।

शुक्रबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नौवटा मालवाहक ट्रक त्रिपालले ढाकेर आएको पाइएपछि शंका लागेर खोजतलास गर्दा यात्रु भेटिएको हो ।

ती ट्रकमा २०० जना यात्रु पाइएको थियो । ती सबै ट्रक र यात्रुहरुलाई नियन्त्रणमा लिई काठमाडौं नै फर्काइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

ती ट्रकमा बारा, पर्सा र रौतहटका सर्वसाधरणका साथै भारतीय नागरिकहरु ट्रकमा रहेको प्रहरीले बताएको छ । यात्रुहरुले आफुहरु काठमाडौंमा दैनिक ज्याला मजदुरी गरेर बाँच्दै आएकामा लकडाउनपछि काम गर्न नपाएर खान नपाउने अवस्था बनेकाले घर फर्कन लागेको बताएका थिए । उनीहरुले आफुहरुलाई छाडिदिन प्रहरीसँग आग्रह गरेका थिए ।

लकडाउनको समयमा समूह बनाएर एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने भएकाले उनीहरु जहाँबाट आएका हुन सोही स्थानमा फर्काएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको