१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युरोकप फुटबल : फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले जित हात पार्‍यो ।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम, प्रेसनल किम्पेम्बेले गोल गरे । स्वीट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास, एडमिर मेहमेदी पेनाल्टीमा गोल गरे ।

यसअघि निर्धारित ९० मिनेटमा स्वीट्जरल्याण्डका सेफेरोभिचले दुई तथा गाभ्रनोभिचले एक गोल गरे । फ्रान्सका करिम बेन्जिमाले दुई तथा पल पोग्बाले एक गोल गरे ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ८ : ४४ बजे

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको