२६ बैशाख २०८१, बुधबार | May 8, 2024

देशभर एकतिहाई क्षेत्रमा रोपाईं सम्पन्न



काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । यो दिनमा धान उत्पादनको विषयमा बढी नै चर्चा हुने गर्छ ।

किसानका लागि आजको दिन मानो रोपेर मुरी उब्जाउने विशेष दिनको प्रतिक हो भने राजधानी एवं शहरी क्षेत्रमा बसेर कृषि क्षेत्र र किसानको चर्चा गर्नेहरुका लागि भने एकदुई मुठा धानको बीउ समातेर हिलोमा खेल्दै फोटोका लागि मोडलिङ गर्ने दिन ।

अनुकुल मौसमका कारण समयमै पानी पर्दा यसवर्ष असारको मध्यमा आइपुग्दा देशको एकतिहाई क्षेत्रमा मात्र रोपाईं सकिइएको छ । यद्यपी यही समयमा गतवर्षभन्दा कम रोपाईं भएको छ ।

वास्तविक श्रमजीवि किसानका लागि यो सन्तोषकै विषय हो । तर समयमा बीउ नपाउने, रोपाईं गरेपछि निश्चित समयमा हाल्नेपर्ने मलखाद नपाउने, सिंचाईंका लागि पानी नपाउने, आकाशकै भरपर्नुपर्ने बाध्यता अधिकांश किसानको रहेको छ । जसका कारण उत्पादन लागत बढ्ने गरेको छ भने त्यसअनुसारको उत्पादन हुनेगरेको छैन ।

कृषि विभागका अनुसार सोमबार साँझसम्म २७ दशमलव १२ प्रतिशत भुभागमा अर्थात तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । जुन अघिल्लो वर्षको यही समयभन्दा ८ प्रतिशतले कम हो । अघिल्लो वर्ष चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । नेपालमा कुल १३ लाख ७१ हजार ७ हेक्टरमा वर्षे धान खेती हुनेगरेको छ ।

नेपालमा सबैभन्दा धेरै धान फल्ने क्षेत्र प्रदेश २ हो । जहाँ केवल १० प्रतिशत मात्र रोपाईं भएको छ । अर्थात यहाँ भर्खरै रोपाईं सकिएको छ । कर्णाली प्रदेशमा भने ६२ प्रतिशत रोपाईं सकिएको छ । पहाडी जिल्लामध्ये रामेछापममा कम पानी परेका कारण रोपाईंमा ढिलाइ भएको छ ।

नेपालको मुख्य खाद्यान्न बाली धान हो । कृषि विभागका अनुसार आर्थिक वर्ष २०७७र७८ मा नेपालमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : ४२ बजे

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय