२३ बैशाख २०८१, आइतबार | May 5, 2024

माओवादी छोडेका मेयर रिनाकुमारी साह र सियाराम कुशवाहालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले माओवादीको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेका दुई जना जनप्रतिनिधिको पद थमौती गरेको छ ।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै रिट निवेदकले माओवादी केन्द्र छोडेको या अर्को दलमा प्रवेश गरेको एकिन नभएको तर्क गर्दै पद थमौती गर्ने आदेश दिएको हो ।

आदेशमा मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

माओवादीका पूर्व नेता एवं पूर्वमन्त्री प्रभु साहकी श्रीमती रिना र प्रभुकै सहयोगी रहेका सियाराम कुशवाहा प्रभु साहसँगै एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले आफ्नो दल त्याग गरेर एमाले प्रवेश गरेका दुवैजनासहित १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । सो निवेदनको आधारमा असार ११ गते आयोगले उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ४५ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम