२५ चैत्र २०८२, बुधबार | April 9, 2026

माओवादी छोडेका मेयर रिनाकुमारी साह र सियाराम कुशवाहालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले माओवादीको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेका दुई जना जनप्रतिनिधिको पद थमौती गरेको छ ।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै रिट निवेदकले माओवादी केन्द्र छोडेको या अर्को दलमा प्रवेश गरेको एकिन नभएको तर्क गर्दै पद थमौती गर्ने आदेश दिएको हो ।

आदेशमा मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

माओवादीका पूर्व नेता एवं पूर्वमन्त्री प्रभु साहकी श्रीमती रिना र प्रभुकै सहयोगी रहेका सियाराम कुशवाहा प्रभु साहसँगै एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले आफ्नो दल त्याग गरेर एमाले प्रवेश गरेका दुवैजनासहित १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । सो निवेदनको आधारमा असार ११ गते आयोगले उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ४५ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास