१२ असार २०८३, शुक्रबार | June 27, 2026

युरोकप फुटबल : स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा



काठमाडौं । युक्रेन जारी युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेका छ । मंगलबार राति सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई २-१ गोलले हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलको २७ औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो । उसको यो अग्रता लामो समय टिक्न सकेन खेलको ४३ औं मिनेटमा स्वीडेनका लागि इमिल फोर्सबर्गले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

खेलको ९९ औं मिनेटमा मार्कस ड्यानिएलसन रेड कार्ड खाँदै बाहिरिएसँगै स्वीडेन १० खेलाडीमा समेटियो। खेलको अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभबाएकले गोल गर्दै युक्रेनको जित सुनिश्चित गरे ।

जितसँगै युक्रेनले क्वाटरफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ । इंग्ल्याण्डले गएराति सम्पन्न खेलमा जर्मनीमाथि २–० को जित निकालेको थियो ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ३८ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३