२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने



काठमाडौं । जारी १६ औं संस्करणको युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगिताको अन्तिम आठमा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन् ।

अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । क्वाटरफाइनलको पहिलो दिन स्विट्जरल्यान्ड विरुद्ध स्पेन मैदान उत्रनेछ । विश्वकप विजेता फ्रान्सलाई स्तब्ध पार्दै स्विट्जरल्यान्डले अन्तिम आठमा स्थान बनाएको हो भने स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै ९ वर्षपछि क्वाटरफाइनल यात्रा गरेको थियो । उक्त खेल शुक्रबार राति ९ः४५ मा सेन्ट पिटर्सवर्गमा हुनेछ ।

दोस्रो खेलमा बेल्जियमले इटालीको सामना गर्नेछ । बेल्जियम साविकको विजेता पोर्चुगललाई पराजित गर्र्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने इटालीले अष्ट्रियामाथि जित निकालेको थियो । उक्त खेल शुक्रबार राति नै १२ः४५ मा म्युनिखमा हुनेछ ।

यस्तै, तेस्रो खेल चेक रिपब्लिक विरुद्ध डेनमार्कको हुनेछ । वेल्समाथि फराकिलो जित हात पार्दै डेनमार्कलाई शत प्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्सलाई पराजित गरेको चेक रिपब्लिकको चुनौती छ । उक्त खेल शनिबार राति ९ः४५ बजे बाकुमा हुनेछ ।

अन्तिम खेल युक्रेन र इंग्ल्यान्डको हुनेछ । इंग्ल्यान्डले पहिलो पटक युरोको नकआउट चरणमा जर्मनीलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको छ भने युक्रेनले स्वीडेनलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । उक्त खेल शनिबार राति १२ः४५ बजे रोममा हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : २० बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न