१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

जसपा विवादमा तात्यो निर्वाचन आयोग



काठमाडौं । जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ ।

आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि बढ्ने थपलियाले जानकारी दिए ।

‘जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ, आयोगको पहिलो लक्ष्य सहमतिबाटै विवाद निरुपण होस् भन्ने छ, नभए आयोग कानुनअनुसार अघि बढ्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

आयोगमा उपेन्द्र यादव पक्षले गत ४ असारमा आधिकारिकता विवाद निरुपण गर्न माग गर्दै निवेदन दिएको थियो । जसमा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड ९ग० बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ’ भनिएको छ ।

यादव पक्षको पत्रपछि आयोगले जसपा महन्थ ठाकुर पक्षलाई जवाफ माग्दै १५ दिनको समय दिएर पत्र पठाएको थियो । जवाफ मागेपछि ठाकुर समूहले आठ दिनमै आयोगलाई पत्र पठायो । ठाकुर पक्षको जवाफी पत्र पाएपछि आयोगले विवाद निरुपण प्रक्रिया अघि बढाएको हो । अब आयोगले पहिले दुबै पक्षलाई सहमतिबाट विवाद निरुपण गर्नका लागि पहल गर्ने छ ।

यसरी विवाद समाधान हुने अवस्था आए दुबै पक्षलाई मिल्न माग गरेको समय दिइने छ । यदि मिल्ने अवस्था नभएमा भने आयोगले अब कानुनअनुसार विवाद निरुपण थाल्ने भएको छ । आयोग अघि बढ्दा विवाद निरुपणका लागि इजलास गठन गर्ने छ ।

इजलासमा कानुनविद्समेत हुने छन् । त्यस्तै, इजलासमा विवादित पक्षले आफ्ना कानुन व्यवसहायी राख्न चोहमा बहस पनि गराउने छ । यसरी बहस गराउँदा आयोगले समय भने निर्धारण गर्ने छ । अन्त्यमा आयोगले जसपा विवादका विषयमा उच्च अदालतसरहको मान्यता रहने इजलासबाट निरुपण गर्ने छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ४१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा