१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सशस्त्र प्रहरीका अधिकांश एसएसपी बढुवाको रिङबाहिर



काठमाडौं । सशस्त्र प्रहरी बलमा हाल तीन जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त भए पनि दुई जनाको मात्र बढुवा हुने भएको छ । डीआईजीका लागि आवश्यक तालिम दुई जनाबाहेक कोही पनि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले नगरेकाले यो स्थिति आएको हो ।

सशस्त्र प्रहरीमा डीआईजी हुन सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज वा ब्रिगेडियर तालिम वा नेसनल डिफेन्स कोर्स गरेकै हुनुपर्छ । २१ दिने यो तालिम एसएसपी कालीदास धौबजी र कुमार न्यौपानेले मात्रै गरेका छन् ।

नेपाल प्रहरीमा २६ वर्षअघि प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका उनीहरूलाई नै डीआईजी बनाउनुको विकल्प बढुवा समितिसँग पनि छैन । उनीहरू डीआईजीमा बढुवा हुँदा नेपालको सुरक्षा संगठनको इतिहासमै प्राविधिक सई यति माथिल्लो निकायमा पुगेको पहिलो घटनासमेत बन्नेछ ।

सशस्त्र मुख्यालयले बुधबार डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाएको थियो । मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन दिइएको तीनदिने समयसीमा आज शुक्रबार सकिने भएकाले सम्भवतः आजै उनीहरूलाई डीआईजी सिफारिस गरिनेछ । आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ४४ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका