१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

खोलाले बगाएर तनहुँका एक वृद्ध बेपत्ता



तनहुँ । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन् ।

घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।

खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए। ती वृद्धको खोजीकार्य भइरहेको उनले जनाए ।

उता तनहुँकै चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृषि तथा पशु फार्ममा रहेका कुखुरा बाढीले बगाएको हो ।

आठ हजार ब्रोइलर कुखुराको चल्ला, चार हजार लोकल कुखुरा र २१ हजार माछा बगाएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : २७ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,