२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

विश्व खेलकुद पत्रकार दिवसमा बुटवलमा शुभकामना आदानप्रदान



बुटवल । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर रुपन्देहीका खेलकुद पत्रकारहरु शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरि मनाएका छन। कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै खेलकुद जिवनको एउटा महत्त्वपूर्ण पाटो भएको बताए। खेलकुद कानुन बनाउने देशमै बुटवल पहिलो पालिका भएको उनले बताए ।

यसैगरि प्रशिक्षक, खेलाडी सुचिकृत गर्ने, तालिमहरु ब्यवस्थापन, नगरमा आयोजना गरिने प्रतियोगिताहरुको एकरुपता ल्याउन निति बनाएर अघि बढाएको भन्दै उनले सकारात्मक विचार र चिन्तनबाट अघि बढ्न सके विकासमा टेवा मिल्ने बताए।

नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारीले खेलकुद विधामा कलम चलाउने पत्रकारहरुलाई एकतावद्ध गराई संस्थागत रुपमा अगाडि बढाएको बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले विश्व खेलकुदको आयोजना पर्वका रुपमा रहेको बताए । खेलकद क्षेत्रमा कुरा गरेजस्तै ब्यवहारिक रुपमा कार्यान्वयन पक्षमा जोड दिनुपर्ने सुझाव दिए । सरकारबाट क्षमतावान पत्रकार तयार गर्न भएका लगानीबारे सरोकारवाला बिच छलफल गराएर योजनावद्घ रुपमा लाग्नुपर्ने बताए ।

नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसीले खेलकुदसंग आवद्ध संस्थाहरुसंग समन्वय गरि तालिम र क्षमता विकासमा लाग्न सुझाव दिए । लुम्बिनी प्रदेश सरकारबाट खेलकदमा सम्भावना बोकेको रुपन्देहीमा लगानीमा कन्जुस्याइँ गरेको दुखेसो गरे।

पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, जिल्ला अध्यक्ष रामराज पोखरेल, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, रुपन्देही लन टेनिस संघका सचिव ग‍ोपाल ज्ञवाली, रुपन्देही स्कुल तेक्वान्दो संघका अध्यक्ष राजकुमार पाण्डेले खेल र खेलाडीको विकासमा पत्रकार निरन्तर सहयोग हुनुपर्ने बताए ।

सन १९९४ जुलाई २ बाट विश्वभर खेल क्षेत्रमा आवद्ध पत्रकारहरुले विश्व खेलकुद पत्रकार दिवस मनाउन शुरु गरेका हुन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ३४ बजे

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै

मुस्ताङको कोरला नाकाबाट भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा सकुशल फेला

काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण