२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अब लगातार कोरोना खोप आउँछ, जिल्ला जल्लामा खोप अभियान चल्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब जिल्ला जिल्लामा कोरोना खोप अभियान चलाइने बताएका छन् ।

त्रिशुली–३ बीको प्रसारण लाइन र सबस्टेसनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब जिल्ला जिल्लामा कोभिड विरूद्ध खोप अभियान चलाइने बताएका हुन् ।

ओलीले विभिन्न मित्र राष्ट्रहरुसँग खोपका लागि संवाद भैरहेको बताउँदै अब लगातार खोप आउने दाबी गरे । उनले भने, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’ ओलीले त्यसपछि जिल्ला जिल्लामा समूह तोकेर छोटो अवधिमै सबै जनसंख्यालाई लक्षित गर्दै खोप अभियान चलाइने बताए ।

‘अब लगातार भ्याक्सिन आउँछ, भोलिपर्सीदेखि नै खोपको क्याम्पेन सुरू हुन्छ । समूह/समूह तोकेर कहाँनेर बढी प्रभाव छ त्यहाँ अभियान चल्छ’, ओलीले भने, ‘एकै दिन, दुई दिन, सात दिन पन्ध्र दिनभित्र सकिँदैन। समूह तोकेर कहाँनेर बढी छ त्यहाँबाट सुरू गरेर सम्पूर्ण जनसंख्यालाई छोटो अवधिमा खोप उपलब्ध गराउँछौं ।’

ओलीले नेपालले पहिल्यै सतर्कता कायम गरेका कारण कोरोनाबाट अन्य देशभन्दा कम प्रभावित भएको दाबी गरे । पहिल्यै अनुकुल स्थितिमा रहेको बताउँदै उनले खोप अभियान अघि बढेपछि सबै सुरक्षित भइने बताए । उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने पनि बताए । प्रधानमन्त्री ओलीले चुनाव अघि सबै नागरिकले खोप लगाउन पाउने बताए ।

प्रधानमन्त्री ओलीले शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा पर्सि (आइतबारबाट) निरन्तर खोप आउने बताएका थिए । ओलीले दिउँसो खोप आउने अभिव्यक्ति सार्वजनिक गरेलगत्तै साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट भेरोसेल खरिद गरेको सार्वजनिक गरेको थियो । असार २४ गतेबाट हप्तामा १० लाख गरी तीन हप्तामा तीस लाख खोप नेपाल एयरलाइन्सले ल्याउने निश्चित भएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : २९ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य