२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकप फुटबल : चेक गणतन्त्रलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा



काठमाडाैं । डेनमार्क युराेकप २०२० काे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

शनिबार अजरबैजानस्थित बाकु ओलम्पिक स्टेडियममा भएकाे तेस्राे क्वारटरफाइनलमा चेक गणतन्त्रलाई २-१ गाेल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम चारमा पुगेकाे हाे ।

खेलकाे सुरुवातीदेखि नै बल पाेसेसनमा पकड राख्दै आक्रमण बुनेकाे डेनमार्कले पाँचाै मिनेटमा अग्रता लिएकाे थियाे । जेकब ब्रून लार्सनको कर्नरमा थोमस डिलेनीकाे हेडर भुइँमा लाग्दै गोलमा परिणत भएको थियो ।

४२ औं मिनेटमा डेनमार्कका कास्पर डोलबर्गले अग्रता दोब्बर पारे । बाहिरि भागबाट जोकिम माहलेले दिएको पासलाई उनले फस्ट टचमा गोल गरे ।

यस्तै, दाेस्राे हाफमा सुधारिएकाे प्रदर्शन गरेकाे चेकले एक गाेल फर्काएकाे थियाे । उसका स्टार खेलाडी प्याट्रिक शिकले ४९ औं मिनेटमा खेललाई २-१ काे स्थितिमा ल्याएका थिए ।

भ्यादिमिर साैफालले डिबक्स बाहिरबाट दिएकाे पासलाई नियन्त्रणमा लिँदै शिकले गरेकाे प्रहार सिधैं गाेलमा परिणत भएकाे थियाे ।

उनले जारी प्रतियाेगितामा एक पेनाल्टीसहित सर्वाधिक ५ गाेल गरेका छन । यस्तै, पाेर्चुगलका स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेले पनि ५ गाेल गरेका छन । उनले ३ गाेल पेनाल्टीमार्फत् गरेका थिए ।

पाेर्चुगल विश्व वरीयतामा पहिलाे स्थानमा रहेकाे बेल्जियमसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएकाे थियाे ।

बेल्जियम पनि दाेस्राे क्वाटरफाइनलमा इटालीसँग २-१ गाेल अन्तरले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरि सकेकाे छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ०५ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख