२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपाल-भारत-चीन जोड्ने सुरुङ मार्गको निजी क्षेत्रबाट शिलान्यास



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा योजना पारेर बजेट विनियोजन गरेको दुई दिनपछि नेपाल, भारत र चीन जोड्ने सुरुङ मार्ग निर्माण आयोजनाको निजी क्षेत्रले शिलान्यास गरेको छ ।

भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले सुरुङ निर्माण गर्ने भन्दै सुरुङ मार्गको शिलान्यास गरेको छ ।

लामाबगर फलाक नाका नेपाल-भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो । नौ सय मिटर सुरुङसहितको सडक बनाउन पछिल्लो १० वर्षदेखि यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पहल गरिरहेका छन् ।

त्यसैअनुरूप सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा लामाबगर सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित बहुवर्षीय ठेक्का आह्वान गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेट सार्वजनिक भएको दुई दिनपछि बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कामार्फत गाउँपालिकाको वडा नं. १ लामाबगरमा शिलान्यास गरेपछि सुरुङ मार्ग निर्माण कार्य अन्योलमा परेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ४२ बजे

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र