२० मंसिर २०८२, शनिबार | December 6, 2025

सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेपछि विप्लव नेकपाका नेताहरुले भेटे प्रधानमन्त्री



काठमाडौं । सहमति भएको ४ महिना सम्म पनि सरकारले बेवास्ता गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

आइतबार बालुवाटार पुगेर नेकपाका नेताहरुले सरकारसँग गरिएको पूर्वसहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

नेताहरुले पार्टीसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीसँग भेट्न खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले बालुवाटार पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीलाई भेटेर बन्दी अवस्थामा रहेका नेताहरुलाई तुरुन्त रिहा गर्न आग्रह गरेका थिए।

सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो।

बालुवाटारबाट बाहिरिए लगत्तै पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्कबहादुर विश्वकर्माले प्रधानमन्त्रीसँग भेटेर बन्दी नेता कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरेको बताए।

उनले १० दिनभित्र पार्टीसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको समेत जानकारी दिए।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ५८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय