१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज बहस सकिँदै, फैसला कहिले आउला ?



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । असार ९ गतेबाट निरन्तर जारी सुनुवाइको क्रममा जारी बहस आज संभवतः सकिँदैछ ।

इजलासले उपलब्ध गराएको समयभित्र मुद्दाका पक्षले पहिला १२ घण्टा बहस सकेका छन् । त्यसपछि विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालय र सभामुखको पक्षबाट १५ घण्टा प्लस १ घण्टामा बहस सकिएको छ । मुद्दाको विपक्षी बनाइएपनि प्रतिनिधिसभा विघटन विरुद्ध बहस गर्ने भएपछि महान्यायाधिवक्ता कार्यालयले सभामुखका वकिललाई जम्मा १ घण्टा उपलब्ध गराएको थियो । तर, सभामुख पक्षले त्यसमा असन्तुष्टि जनाएपछि इजलासले थप एक घण्टा थपिदिएको थियो ।

इजलासले रिट निवेदक पक्षलाई जवाफी बहसका लागि ३ घण्टाको समय उपलब्ध गराएको छ । आइतबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले ५८ मिनेट जवाफी बहस गरेका छन् । अब पक्षसँग २ घण्टा दुई मिनेट बाँकी रहेको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले ४०/४० मिनेट बहस गर्नेछन् ।

जवाफी बहस सकिएपछि चार जना एमीकस क्यूरीले २ घण्टामा आफ्नो राय दिनेछन् । एमीकस क्यूरीले आफ्नो राय दिएपछि मुद्दाको सुनुवाइ सकिनेछ।

हालसम्म निर्धारित सयमभित्रै पक्ष विपक्षका वकिलहरुले बहस गरिरहेका छन् । सुनुवाइ सकिएपछि आजैबाट फैसलाको प्रतिक्षा हुनेभएको छ । संभवतः इजलासले आजै कहिले फैसला सुनाउने भन्नेबारेमा जानकारी गराउनेछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठ न्यायाधीसहरु न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको छ ।

 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ०२ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश