७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउनेभएको छ ।

असार ९ गतेदेखि जारी बहस सोमबार सकिएपछि इजलासले २८ गते फैसला सुनाउने भएको हो । सबैको बहस र राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको पेशी हेर्दाहेर्दैमा असार २८ गतेका लागि तोकेका छन् ।

मुद्दालाई २८ गतेका लागि हेर्दाहेर्दैमा राखिएका कारण इजलासले फैसाला सुनाउने भनेर प्रत्यक्ष नभने पनि सोही दिन फैसला सुनाउने विश्लेषण गरिएको हो ।

सुनुवाइको आज अन्तिम दिन रिट निवेदकका तर्फबाट तीन जनाले जवाफी बहस गरेका थिए भने चार जना एमीकस क्यूरीले आफ्ना राय दिएका थिए ।

प्रधानन्यायाधीस राणाको नेतृत्वमा वरिष्ठ न्यायाधीसहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ५७ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र