६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कार्यान्वयन शुन्य रहेकाे बाँकेमा थपियो असार ३१ सम्म निषेधाज्ञा



नेपालगन्ज । कागजीरुपमा कायम रहेको बाँकेको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै असार ३१ गते सम्मका लागि लम्ब्याईएको छ । कहिँ कतै कार्यान्वयन नदेखिएको निषधाज्ञालाई जिल्ला प्रशासन कार्यालय बाँकेले असार ३१ गते मध्यराती सम्मका लागि लम्ब्याएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषधाज्ञा आदेशमा आजबाट सावैजानिक सवारी साधनहरु पनि निर्वाध चल्न पाउने उल्लेख गरिएको छ । गत असार १५ गतेबाट जोर बिजोर प्रणाली लागु गर्दै सवारी साधन संचालन गर्न आदेश गरिएपनि बाँकेमा कुनै कार्यान्वयन भएको थिएन । निषेधाज्ञाका अन्य मापदण्डलाई पूर्ववतः कायम राखिएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालमै पहिलो (बैशाख ८ बाट नेपालगन्ज र बैशाख १३ बाट बाँके जिल्लाभर) निषेधाज्ञा जारी भएको बाँकेमा बैशाख महिना भरी निषेधाज्ञाको केहि कार्यान्वयन भएपनि त्यस यता निषेधाज्ञाको कुनै प्रभाव देखिएको छैन । संक्रमणको सबै भन्दा बढी जोखिम खेपेको नेपालगन्ज उपमहानगरमा जेठ महिनाको मध्य तिरबाटै होटल रेष्टेरेन्ट देखि चाट पानीपुरीका पसलहरु समेत संचालनमा रहेका छन् ।

प्रशासनको सुचनामा भने कोभिड १९ संकट व्यवस्थापन अध्यादेश देखि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिईएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ३२ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र