२२ बैशाख २०८१, शनिबार | May 4, 2024

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३७ हजार ७ सय नाघ्यो, स्पेनमा एकैदिनमा ९१३ जनाको मृत्यु



काठमाडौ । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट पछिल्लो वल्र्डमिटरको तथ्याँक अनुसार विश्वभरबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय भन्दा बढीको पुगेको छ ।

नेपाली समयअनुसार आज मंगलवार विहान साढे ६ बजेसम्म थप ३ हजार ७ सय १५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८४ पुगेको हो । यस्तै ७ लाख ८४ हजार ४ सय भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ६५ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।

कोरोनाको सवैभन्दा कहरमा परेको स्पेनमा एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ । ७ हजार ८ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् ।

मंगलबार बिहानसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीनमा अहिलेसम्म ३ हजार ३ सय ४ को मृत्यु भएको छ । कोेरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो । इटालीमा कोरोनाका कारण अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन् । तीमध्ये १६ हजार ७ सय ८० जना पूर्ण रुपमा निको भएका छन् ।

अहिले स्पेनमा ६३ हजार ४ सय ६० जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : १० बजे

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

तिलोत्तमामा १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन सम्बन्धि नि:शुल्क तालिम शुरू

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा एकमहिने

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ