१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बीआरआईको फ्ल्यागसीप ‘सीपेक प्रोजेक्ट’ले ल्याउँदैछ पाकिस्तानको गवादर र बलूचिस्तानमा समृद्धि



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलुचिस्तान प्रान्तको विकास सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन् ।

विगतमा निकै उपेक्षित गरिएको क्षेत्रलाई सरकारले विकास र समृद्धिमार्फत राज्यको मूलप्रवाहमा ल्याउन लागेको प्रधानमन्त्री खानले बताए ।

गवादरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै खानले चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक)अन्तर्गत कैयौं विकास परियाजनाले बलुचिस्तान प्रान्तको विकास र समृद्धि गर्दै गरेको उनले बताए । उनले पाकिस्तान क्षेत्रको शक्तिशाली केन्द्र बन्ने दिशामा अघि बढिरहेको बताए ।

प्रधानमन्त्री खानले गवादरमा स्थानीयबासिन्दाको जीवनस्तर उठाउनका लागि विकास परियोजनाहरुमा व्यवहारिक काम सुरु भएको जनाए । उनले २२ सय एकड जमिनको उपयोग गरेर बन्दै गरेको परियोजनामा विदेशी लगानीकर्ताको सुविधाको लागि गवादरमा एकद्वार प्रणाली सुविधा सुरु गरिएको उनले बताए । प्रधानमन्त्री खानले गवादरमा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थल पुरा भएपछि पुरै विश्वसँग गवादरको प्रत्यक्ष सम्बन्ध बढ्ने विश्वास व्यक्त गरे ।

खानले त्यसअवसरमा निर्यात बढाउने विषयमा ध्यान दिनुपर्ने बताए । पाकिस्तानको आर्थिक सम्प्रभुताका लागि निर्यात बढाउने विषय महत्वपूर्ण रहेको उनले जनाए ।

उनले गवादरमा पानी, बिजुली र ग्याँसको समस्यालाई प्राथमिकताका साथ समाधान गरिने प्रतिवद्धता जनाए । उनले ५०० वेड क्षमताको अस्पतालले स्थानीय जनतालाई आधुनिक स्वास्थ्य सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पाकिस्तानी प्रधानमन्त्री खानले बलूचिस्तानको विकासका लागि कनेक्टिविटी जरूरी रहेको बताए । यसका लागि ७३० बिलियन पाकिस्तानी रुपैयाँ खर्च गरिने बताए । उनले गवादर पाकिस्तानका लागि नयाँ आर्थिक केन्द्र बन्ने र त्यसबाट बलूचिस्तानका जनतालाई फाइदा हुने बताए ।

सीपेकअन्तर्गत पाकिस्तानको विकास गर्न चीनले अर्बौ डलर खर्च गरिरहेको छ । बीआरआईको फ्यागसीप प्रोजेक्टको रुपमा रहेको सीपेकको सफलता पाकिस्तानका लागि मात्र नभएर चीनका लागि पनि महत्वपूर्ण रहेको छ ।

बीआरआईको विरोधमा रहेको अमेरिका भारत लगायतका अन्य पश्चिमा देशहरुले पाकिस्तान चीनको ऋणको पासोमा परेको दाबी गरेपनि पाकिस्तान सरकारले भने सीपेक आफ्नो देशको आर्थिक विकासका लागि गेम चेन्जर प्रोजेक्ट भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १२ : ३२ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा