२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कोरोना कहर : सावधान ! मानवीय भिड विध्वंशकारी बम बन्न सक्छ



एजेन्सी । कोरोना संक्रमणको दृष्टिले मानवीय भिड विध्वंशक बम सावित भएको छ । यसले विश्वका थुप्रै मुलुकममा माहामारी फैलाएको छ । त्यस्तै फ्रान्समा पनि यहि मानव भिडका कारण महामारी फैलिएको तथ्य भेटिएको छ ।

फ्रान्सको म्युल हाउसस्थित चर्चमा बर्षेनी सप्ताहब्यापी धार्मिक कार्यक्रम हुनेगर्छ । त्यस्तै १८ फेब्रुअरीमा पनि सप्ताहब्यापी धार्मिक कार्यक्रम भयो । त्यहाँ विश्वभरका थुप्रै ईसाईहरु भेला भए । उनीहरुले नियमित गर्ने प्रार्थनामा कोरोनाबाट बच्न सकियोस भन्ने कामना पनि समेटिएको थियो । तर त्यो कामनाले कत्ति पनि काम गरेन ।

त्यो मानवीय भिड अहिले विश्वभर कोरोना भाईरसको रुपमा टाईम बम भन्दा बढी घातक सावित भएको छ । फ्रान्स सरकारले पनि १८ फेब्रुअरीमा भएको सप्ताहब्यापी धार्मिक कार्यक्रम, कोरोना फैलावटको मुख्य कारण भएको स्विकार गरेको छ ।

फ्रान्समा अहिलेसम्म ३ हजार २४ जनाको मृत्यु भैसकेको छ भने ४४ हजार ५ सय ५० जना संक्रमणमा परेका छन । अहिलेको यो स्थितिको मुख्य कारक तत्व त्यहि १८ फेब्रुअरीमा भएको एक साता लामो धार्मिक कार्यक्रम हो भन्ने निक्र्यौलमा फ्रान्स सरकार पुगेको हो । फ्रान्समा कोरोना भाईरस २९ फेब्रुअरीमा देखा परेको थियो ।

चीनमा हाहाकार मच्चाईरहेको कोरोना फ्रान्स पुग्दा त्यहाँका चिकित्सकहरुको होसहवास उडेको थियो । फ्रान्सको नेशनल पब्लिक हेल्थकी चिकित्सक डाक्टर मिशेल वर्ने भन्छिन, ‘त्यसबेला हामीलाई आफ्नै सामु टाईम ल्याएर राखिदिएको जस्तै महसुश भयो । जसले अहिले लासै लासको थुप्रो बढाईरहेको छ ।’

यहि खतराको महसुश गर्दै १८ फेब्रुअरीमा भएको त्यो धार्मिक कार्यक्रमपछि जर्मनीले आफ्ना सबै सिमानाकाहरु बन्द गरेको थियो । जर्मनी अधिकारीहरुले पनि त्यहि धार्मिक कार्यक्रम नै कोरोना संक्रमणको मुख्य कारण मानेका छन । फ्रान्समा कोरोनाको उपस्थिति देखिएपछि सबै भन्दा पहिला त्यहि धार्मिक सभामा उपस्थित भएका १७ जनाको कोरोनाका कारण मृत्यु भएको फ्रान्सेली अधिकारीहरुले पनि स्विकारेका छन ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : २४ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल